Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाका भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाप सुरु

इच्छाकामनाका भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाप सुरु

आगामी ६ महिना देखि वर्ष दिन भित्र सबै प्रक्रिया पूरा गरी लालपूर्जा समेत वितरण गर्नेछौ : अध्यक्ष गुरुङ

images

इच्छाकामना न्युज

६, श्रावण २०७९
इच्छाकामनाका भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाप सुरु
images

सिमलढाप, ६ साउन । चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नं. ७ स्थित भालुमारामा आज एक कार्यक्रमको आयोजना गरि जग्गाको नाप नक्साङ्कन कार्य सुरु गरिएको हो।

295236648_2741686805966345_3263307553034415735_n.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा संघिय सांसद कृष्णभक्त पोखरेलको प्रमुख अतिथ्यता तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको विशिष्ट आतिथ्यता रहेको थियो।

राष्ट्रिय भूमि आयोग संगको समन्वय र सहकार्यमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप नक्साङ्कन शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनितिक दलका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, आयोगका विज्ञ सदस्य, गाउँपालिकाका भूमि सम्बन्धी सेवा केन्द्रका संयोजक हरि देवकोटा अमिन, सर्वेक्षक लगायतको उपस्थिति रहेका थिए ।

294479229_2741687639299595_691929917478048282_n.jpg

इच्छाकामना गाउँपालिकामा ३ हजार ५३९ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुहरुले निवेदन दिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिएका छन् । जसमध्य ८३ जना भूमिहिन दलित, ७७१ जना भूमिहिन सुकुम्वासी र २६८५ जना अव्यवस्थित बसोबासीहरु रहेको उनले बताए।

यस्तै उनीहरुलाई गाउँपालिकाले निस्सा वितरण गरिरहेको जानकारी दिदै कुनै प्रकारको विवाद, वाधा अट्चन, नआएमा सबै पक्ष र जिल्ला भूमी आयोगसँगको सहकार्यमा आगामी ३ महिना भित्र नाप नक्साङ्कन कार्य सकि ६ महिना देखि वर्ष दिन भित्र सबै प्रक्रिया पूरा गरि लालपूर्जा समेत वितरण गर्ने अध्यक्ष गुरुङले बताए।

295181714_2741687199299639_1874366607436957077_n.jpg

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - २२:३८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology