Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अनुसन्धान

रूखबिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रोः अनुसन्धान

रूखबिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रोः अनुसन्धान

रूखबिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रोः अनुसन्धान
images

६ देखि ११ वर्षका १,५८१ बालबालिकामा गरिएको एक अध्ययनले सहरी वातावरणीय विशेषताहरू र स्वस्थसँग सम्बन्धित बानी बीचको सम्बन्धका बारेमा अनुसन्धान गरिएको थियो।

images
images

जनसंख्या र सडक सञ्जाल कम भएको र धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो भएको पत्ता लागेको छ। बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएस ग्लोबल) को नेतृत्वमा गरिएको एक अध्ययनमा यो कुरा पत्ता लागेको हो ।

धेरै प्राकृतिक ठाउँहरूले घेरिएका बालबालिकाहरू शारीरिक रूपमा बढी सक्रिय हुन्छन्, धेरै शारीरिक गतिविधिहरू समावेश गर्ने गतिविधिहरूमा बढी समय बिताउँछन्, धेरै घण्टा सुत्छन्,  अनि हिडेर वा साइकल चलाएर स्कुल जाने सम्भावना बढी भएको कुरा अध्ययनले पत्ता लगाएको छ।

हालसम्म गरिएका धेरैजसो अध्ययनहरूले वयस्कहरूमा सहरी वातावरणको प्रभावलाई हेरेका थिए र अन्य कारकहरूलाई ध्यान नदिई एक प्रकारको मात्र खतरालाई मात्र विचार गरेका थिए। यो नयाँ अध्ययनले छ वटा युरोपेली समूहका ६ देखि ११ वर्ष उमेरका १,५८१ बालबालिकामा सहरी वातावरणीय विशेषताहरू र स्वस्थ बानीहरू बीचको सम्बन्धको मूल्याङ्कन गरेको हो।

इनभारोनमेन्ट इन्टरनेशनल नामक जर्नलमा प्रकाशित भएको यो अध्ययनले शहरी वातावरणले बालबालिकामा खराब व्यवहार बढाउनमा कसरी योगदान पुर्‍याउँछ र सहरी डिजाइनमा भएको परिवर्तनले स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्न मद्दत गर्छ कि गर्दैन भन्ने कुरा पनि पत्ता लगाउन खोजेको छ।

अनुसन्धानकर्ताहरूले बालबालिकाको घर र विद्यालय नजिक हरियो ठाउँ वा निलो ठाउँ (समुद्र तट, नदी, ताल, आदि) भएका तथा सडकमा ट्राफिक घनत्व र उपस्थितिलगायतका सहरी वातावरणको ३२ विशेषताहरू आधारमा विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन्।

यससँगै अनुसन्धानकर्ताहरूले मध्यमदेखि कडा शारीरिक गतिविधि, विद्यालय समय बाहिरको शारीरिक गतिविधि, सक्रियता ( हिँड्ने, साइकल चलाउने, आदि) साथै सुत्ने अवधि र केही नगरीकनै बिताएको समयलगायत बच्चाहरूको स्वस्थ बानीहरूको बारेमा जानकारी पनि सङ्कलन गरेर विश्लेषण गरेका हुन। अनुसन्धानकर्ताहरूले मल्टीएक्सपोजर मोडेल विकास गर्न यी सूचनाहरू प्रयोग गरेका थिए।

शहरको डिजाइन र स्वास्थ्य

अध्ययनले धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा हिँड्ने, साइकल चलाउनेलगायतका शारीरिक गतिविधिमा बृद्धि भएको र केही नगरीकनै निष्कृय बस्ने समय कम भएको पत्ता लाग्यो। यसका अतिरिक्त सडकको निकटता वा सडक नजिक बस्ने बालबालिकाको हरेक रात औसत ४.८० मिनेटले सुत्ने अवधि घटेको पनि पाइएको छ।

अध्ययनमा समावेश मध्ये ६३.६ प्रतिशत बालबालिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले हरेक दिन कम्तीमा ६० मिनेटको कडा शारीरिक गतिविधिको हालको सिफारिसलाई पूरा गरेनन्। यसैगरी ५८.६ प्रतिशत बालबालिकाले दैनिक दुई घण्टा टिभी हेरेर वा कम्प्युटर वा भिडियो गेम खेलेर बिताउने गरेका छन् ।यसका साथै, यातायातको अभाव भएका क्षेत्रमा बालबालिकाले घरदेखि विद्यालयसम्मको यात्रामा दैनिक औसत ६.९ मिनेट खर्च गरेको पाइयो।

आईएस ग्लोबलमा बालबालिका र वातावरण कार्यक्रमका प्रमुख तथा यस अध्ययनका अनुसन्धानकर्ता मार्टीन व्रिजिद भन्नुहुन्छ “हाम्रो अध्ययनको निष्कर्ष शहरी योजना नीति तर्जुमाका लागि अत्यन्त महत्त्वपूर्ण छ।” मार्टीन व्रिजिदका अनुसार अध्ययनको निष्कर्षले बालबालिकाहरूमा स्वास्थ्य- प्रवर्द्धन गर्ने व्यवहारहरू सुधार गर्न र वयस्कहरूमा स्वास्थ्य खराब प्रभावहरू रोक्न शहरी डिजाइनलाई प्राथमिकता दिनु पर्ने आवश्यकतालाई जोड दिन्छ। यसैगरी सडकमा हरियो ठाउँको संख्या र वनस्पतिको मात्रा बढाउने रणनीति हुनुपर्छ भन्ने अध्ययनको निष्कर्ष छ।

अध्ययनकर्ता व्रिजिद भन्नुहुन्छ, “हिड्ने ठाउँहरू र टेबलटेनिसका टेबलहरू, भलिबल कोर्टहरूलगायतका खेलकुद सुविधाहरूको उपलब्धताजस्ता बालबालिका र किशोरकिशोरीहरूको व्यवहारसँग सान्दर्भिक हुन सक्ने अन्य सहरी सुविधाहरू समावेश गरेर हामीले थप अनुसन्धान गर्नुपर्छ। यस्ता खाले अध्ययन कम भएका देशहरू र क्षेत्रहरूलाई समेटेर सहरी वातावरणमा भएका परिवर्तनहरूले मानिसहरूको जीवनशैलीलाई कसरी असर गर्छ भन्ने राम्रोसँग मूल्याङ्कन गर्न आवश्यक छ।”

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १५:३८:१५ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology