Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सोलुखुम्बुमा ढाकाको कपडाको माग बढ्दै 

सोलुखुम्बुमा ढाकाको कपडाको माग बढ्दै 

images

इच्छाकामना न्युज

३, श्रावण २०७९
सोलुखुम्बुमा ढाकाको कपडाको माग बढ्दै 
images

अन्जु कार्की,सोलुखुम्बु, ३ साउन । सोलुखुम्बुमा ढाकाको कपडाको माग बढ्न थालेपछि व्यवसायीहरू उत्साहित भएका छन् ।  विभिन्न सामाजिक कार्यक्रम होस् वा जुनसुकै समारोहमा पनि ढाकाको पहिरन आयोजक र सहभागीको प्राथमिकतामा पर्न थालेको छ ।

महिला उद्यमीको सीप, कलासँगै धेरैको रुचि ढाका कपडाको पहिरनमा बढ्दै गएको छ । बालबालिकादेखि युवा पुस्ताका लागि मैलिकतासँग जोडिएको ढाकाको कपडाको माग बढ्दै गएको सोलुखुम्बु ढाका उत्पादन केन्द्रका सञ्चालक पार्वती राईले बताउनुभयो ।

जिल्लामा ढाकाको टोपी, सल, कोट, कुर्ता, साडी जस्ता कपडा उत्पादन भइरहेको छ । विभिन्न कार्यालयका कर्मचारीहरूले ढाकाको कपडा लिने गरेको व्यवसायीहरुको बताउँछन् । ढाकाको एउटा सारीको मूल्य बुट्टा अनुसार १० देखि १८ हजार सम्म पर्छ । सोलुखुम्बुमा  उत्पादित ढाकाको कपडाका सामग्री टिकाउ र गुणस्तरीय हुने दावी व्यवसायीको छ ।

सगरमाथाको दृश्यावलोकन गर्न आउने विदेशी तथा स्वदेशी पर्यटकको रोजाईमा सोलुखुम्बुमा उत्पादन भएको ढाकाको कपडा पर्ने गरेको छ । सोलुको कोशेलीको रुपमा ढाकाको कपडा लैजाने तथा दिने प्रचलन बढ्दा महिलाहरू उद्यमी बन्ने क्रम बढेको छ । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:१६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology