Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चुनावी वाचा पुरा गर्दै आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान, गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु

चुनावी वाचा पुरा गर्दै आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान, गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु

चित्र बहादुर गुरुङ

३, श्रावण २०७९
चुनावी वाचा पुरा गर्दै आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान, गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु

आँबुखैरेनी, ३ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले सोमबारदेखि वडा नं. ५ को लाब्दि भटिश्वरा गाउँबाट टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो।

images

293790105_416225917198562_3744976114067120665_n.jpg

नवनिर्वाचित गाउँपालिका अध्यक्ष शुक्र चुमानले हालै सम्पन्न स्थानीय तह निर्वाचनका बेला सामाजिक सुरक्षा भत्ता बैंक वित्तिय संस्थासँग समन्वय गरेर टोल–टोलमा पुगेर वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने नवनिर्वाचित जनप्रतिनिधिले ल्याएको आर्थिक वर्ष २०७९।०८० को वार्षिक निति, कार्यक्रम तथा बजेटमा पनि सो कुरा समेटिएको थियो। सोहि बमोजिम यतिबेला गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ को वैशाख देखि असारसम्मको वितरण गर्न बाँकी सामाजिक सुरक्षा भत्ता टोल–टोलमा पुगेर वितरण गर्न सुरु गरेको हो।

293800674_416225880531899_5925246905515979411_n.jpg

आफुले चुनावमा जनता सामु गरेका वाचा पुरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने –‘मेरो पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई कसरी सहज रुपमा गाउँमै भत्ता पु¥याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको छु।’ टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुले गाउँगाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौ लाईन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको उनले बताए।

यस्तै सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगेर वितरण गर्नका लागि बैंकलाई आवश्यक सुरक्षाको प्रबन्ध, यातायात र भोलिन्टियरको समेत गाउँपालिकाले व्यवस्था गरिदिएको अध्यक्ष चुमानले जानकारी दिए।

आँबुखैरेनीमा एनएमबि बैंक, प्राईम कमर्सियल बैंक, प्रभु बैंक र एनसिसि बैंकसँग सम्झौता गरि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेको छ । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०८:४८:५७ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology