Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उखु किसानको समर्थनमा कविहरूले गरे कविता वाचन 

उखु किसानको समर्थनमा कविहरूले गरे कविता वाचन 

उखु किसानको समर्थनमा कविहरूले गरे कविता वाचन 
images

काठमाण्डौ, ४ पुस । बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूले आज माइतीघर मण्डलामा कविता वाचन गरेका छन् ।  १२ जना कविहरूले विभिन्न शिर्षकमा रही किसान, कृषिजीवी, मजदुर एवं आन्दोलनरत उखु कृषकका पक्षमा कविता वाचन गरेका हुन् ।  
कविता वाचन कार्यक्रममा आन्दोलनरत किसानहरूले पनि आ–आफ्ना कविता सुनाएका थिए। नवलपरासीका राजकुमार राजवरी, सर्लाहीका हरिशरण लगायतले आन्दोलनस्थलमा कविताका माध्यमबाट आफ्ना मागको सम्बोधन हुनुपर्ने भावार्थका कविताहरू वाचन गरेका हुन् । 
आन्दोलरत उखु किसानसँग ऐक्यबद्धता जनाउँदै कविहरू पवन ढुंगाना, सुष्मा तिमिल्सिना, रसिक राज, सुरज पराजुली, अन्शु खनाल, सारस चरी, राजु झल्लु प्रसाद, देव व्रत, असिम सागरले आ, आफ्ना रचना वाचन गरेका हुन् । 
गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहबरमा आन्दोलनरत किसान र सरकारबीच लिखित सम्झौता नै भएको थियो। सोही सम्झौताका भरमा किसानलाई राजधानीमा भइरहेको विभिन्न चरणको आन्दोलन स्थगित गर्न लगाइएको थियो । 

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १७:५७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology