Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाको चुम्लिङटारमा भूमेश्वर महादेवको मन्दिर निर्माण, प्रदेश मन्त्री दाहालद्वारा समुद्घाटन

इच्छाकामनाको चुम्लिङटारमा भूमेश्वर महादेवको मन्दिर निर्माण, प्रदेश मन्त्री दाहालद्वारा समुद्घाटन

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
इच्छाकामनाको चुम्लिङटारमा भूमेश्वर महादेवको मन्दिर निर्माण, प्रदेश मन्त्री दाहालद्वारा समुद्घाटन
images

चुम्लिङटार, २ साउन । चितवनको इच्छाकामना ३ चुम्लिङटारमा भूमेश्वर महादेव मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । मन्दिरको आज एक कार्यक्रमका बिच  बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले समुद्घाटन गरेका छन्। मन्दिर निर्माण समितिका अध्यक्ष सुशीला चालिसेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री घनश्याम दाहाल प्रमुख आतिथि रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल ,पूर्व अध्यक्ष गीताकुमारी गुरुङ वडा नं ३ का वडाध्यक्ष तथा गापा प्रवक्ता नरबहादुर नेपालको विशिष्ट आतिथ्यता रहेको थियो। 

293773732_3338235909829666_2041088103551049718_n.jpg

साथै सातवटै वडाका अध्यक्ष, सिद्धार्थ रिसोर्ट चुम्लिङटारका प्रतिनिधि विभिन्न राजनीतिक दलका पार्टी प्रमुख तथा प्रतिनिधि इच्छाकामना साहित्य प्रवाहका प्रतिनिधि, निवृत्त शिक्षक समाजका प्रतिनिधि,पत्रकार, निर्माण समितिका सचिव राधादेवी प्रजापती, कोषाध्यक्ष सविना अधिकारी, अनुगमन समितिका संयोजक चिन्तामणी सापकोटा, टोल विकास समितीका प्रतिनिधि लगायत विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिको आतिथ्यता साथै स्थानीयहरूको समुपस्थितिमा ब्राह्मणहरूद्वारा होम आहुती साथै पूजा पाठ सहित प्राण प्रतिष्ठा कार्य विधिवत सम्पन्न गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहिरुले शुभकामना मन्तव्य राखेको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष शुसिला चालिसेले मन्दिर निर्माणका महत्वपूर्ण गतिविधिहरूबारे प्रकाश पारेको थियो । प्रदेश सरकारको १० लाख, गाउँपालिकाबाट ७ लाख, जनश्रमदान १ लाख ७० हजारबाट मन्दिर निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका सचिव राधादेवी प्रजापतिले जानकारी दिए।

साथै यसमा मन्दिर परिषरमा भौतिक पूर्वाधार निर्माणका लागि सिद्धार्थ बिजनेस ग्रुपले करिव १ लाख सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरमा बगैंचा निर्माण र संरक्षणमा थप लगानी गर्ने बिजनेस ग्रुपद्वारा संचालित सिद्धार्थ रिसोर्ट चुम्लिङटारका व्यवस्थापक किरण रिमालले बताए ।

कार्यक्रम समापन पश्चात् उपस्थित सबैलाई टीका तथा नैवेद्य वितरण गरिएको थियो । कार्यक्रम पत्रकार सञ्जय पोखरेलले सञ्चालन गरेका थिए।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - २१:०३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology