Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

एन्फाको कार्यसमिति बैठक आज 

एन्फाको कार्यसमिति बैठक आज 

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
एन्फाको कार्यसमिति बैठक आज 
images

काठमाण्डौ, २ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेका लागि बोलाइएको छ । एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको हो ।

एन्फाले आजको कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरेको महासचिव किरण राईले बताउनुभयो । उहाँका अनुसार आजको बैठकमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुनेछ ।

यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुनेछ ।नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०९:०८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology