Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भारत भ्रमणमा समय नदिएपछि मोदीलाई नभेटि फर्किए प्रचण्ड

भारत भ्रमणमा समय नदिएपछि मोदीलाई नभेटि फर्किए प्रचण्ड

इच्छाकामना न्युज

१, श्रावण २०७९
भारत भ्रमणमा समय नदिएपछि मोदीलाई नभेटि फर्किए प्रचण्ड

काठमाडौं, १ साउन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । फर्किए लग्गतै प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टीले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् ।

images

उनले भने, ‘भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा म भारत गएको हुँ। राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भ्रमण गरेको हो। भ्रमण अपेक्षा गरेअनुसार सफल भएको छ। सोचेभन्दा राम्रो भएको छ मेरो भ्रमण।’

अध्यक्ष दाहालले नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आरजु देउवासँग भेट भएको र अरु त्यस्तो केही कुरा नभएको बताए। तर, यो कुरालाई अतिरञ्जित बनाइएको उनले गुनासो गरे ।

भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने जनाएका प्रचण्डले अन्नत मोदीले समय नदिँदा नभेटि फर्किएका छन् । भ्रमणका क्रममा प्रचण्डले विगतको संन्धी पुनरावलकन गर्न भारत तयार रहनु पर्ने अभिव्यक्ति दिएकाले मोदीले भेटन अस्वीकार गरेको हुन सक्ने बताइएको छ ।

 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २१:३८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology