Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी गाउँपालिकाले गणतन्त्र प्राप्तिको आन्दोलनमा सरिक शहिद, वेपत्ता, घाईते र अपाङ्गलाई मासिक ७ हजार निर्वाह भत्ता दिने

आँबुखैरेनी गाउँपालिकाले गणतन्त्र प्राप्तिको आन्दोलनमा सरिक शहिद, वेपत्ता, घाईते र अपाङ्गलाई मासिक ७ हजार निर्वाह भत्ता दिने

images

इच्छाकामना न्युज

१, श्रावण २०७९
आँबुखैरेनी गाउँपालिकाले गणतन्त्र प्राप्तिको आन्दोलनमा सरिक शहिद, वेपत्ता, घाईते र अपाङ्गलाई मासिक ७ हजार निर्वाह भत्ता दिने
images

आँबुखैरेनी, १ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मुलुकमा गणतन्त्र प्राप्तिको लागि आन्दोलनमा सरिक हुदाँ शहिद, वेपत्ता, घाईते र अपाङ्ग भएकाहरुलाई जिवन निर्वाहको लागि पहिलो पटक मासिक भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० देखि लागु हुने गरि आँबुखैरेनी गाउँपालिकाबाट गणतन्त्र प्राप्तिको लागि आन्दोलनमा सरिक हुदाँ शहिद, वेपत्ता, घाईते र अपाङ्ग भएकाहरुलाई जनही मासिक ७ हजारको दरले निर्वाह भत्ता दिने व्यवस्था गर्न लागेको हो।

गाउँपालिकाले निति तथा कार्यक्रममा समेट्दै यो कार्यक्रमको लागि पहिलो वर्ष ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने –‘यसका लागि हामीले बजेटको व्यवस्था गरिसकेका छौं, आवश्यक कार्यविधि निर्माण गरि शहिद, वेपत्ता, घाईते र अपाङ्ग भएकाहरुको जिवन निर्वाहका लागि भत्ता वितरण गर्नेछौं ।’

गाउँपालिकाले यतिमात्र नभै सहिदहरुको स्मृति र सम्मानमा आँबुगाउँमा वृहत शहिद पार्क समेत निर्माण गर्ने अध्यक्ष चुमानले जनाकारी दिए। उनका अनुसार पार्क निर्माणको लागि समेत गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - १४:४८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology