काठमाण्डौ, १ साउन । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्दैहुनुहुन्छ । तीन दिने भ्रमणका लागि गत शुक्रवार भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको उहाँको निजी सचिवालयले बताएको छ ।
मोदीसँगको भेटवार्ता सकेर प्रचण्ड आजै स्वदेश फर्किनुहुनेछ । भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जानुभएको हो ।
अध्यक्ष प्रचण्डले हिजो भारतीय विदेशमन्त्री एस जयशङ्कर, भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको थियो ।