Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चार वटा प्रदेशको बजेट खर्च ७० प्रतिशत पनि पुगेन 

चार वटा प्रदेशको बजेट खर्च ७० प्रतिशत पनि पुगेन 

images

सिआईएन

३२, आषाढ २०७९
चार वटा प्रदेशको बजेट खर्च ७० प्रतिशत पनि पुगेन 
images

अविनाश आचार्य, काठमाडौं, ३२ असार । प्रदेश सरकारहरूले पछिल्लो तीन वर्षमा औषतमा ५६ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । चालु आर्थिक बर्षको बजेट खर्चको अवस्था पनि उत्साहजनक देखिएको छैन । आर्थिक वर्ष सकिँदा कर्णाली प्रदेशले कुल बजेटको ६० प्रतिशत हाराहारीमा मात्र खर्च गरेको छ ।

चालु आर्थिक वर्षका लागि ३८ अर्ब ४७ करोड रूपैयाँ बजेट कार्यान्वयन गरेको कर्णालीले २२ अर्ब मात्रै खर्च ग¥यो । पुँजीगत तर्फ २४ अर्ब रूपैयाँ छुट्याएकोमा ३४ करोड १६ लाख मात्रै खर्च भएको छ । ३४ अर्ब २१ करोड रूपैयाँको बजेट कार्यान्वयनका क्रममा मधेस प्रदेशको खर्च ६४ प्रतिशतमात्रै देखिएको मधेस प्रदेश अर्थ मन्त्रालयका प्रवक्ताउद्धवराज न्यौपानेले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले चालु वर्षका लागि ३० अर्ब ९० करोड रूपैयाँको बजेट ल्याएकोमा त्यसको ७३ दशमलव ५ प्रतिशत खर्च गरेकोछ । पुँजिगत तर्फ १७ अर्ब ६५ करोड रूपैयाँ बराबरको लक्ष्य राखेकोमा ८६ प्रतिशत खर्च भएको प्रदेश अर्थ मन्त्रालयका प्रवक्ता बसन्त तिवारीले बताउनुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमकटेलका अनुसार कोरोना महामारी र निर्वाचन लगायत कारणले यस वर्ष प्रदेशको ६९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षका लागि ३४ अर्ब ५४ करोड रूपैयाँ बराबरको बजेट बिनियोजन भएको थियो जसको ८७ प्रतिशत खर्च भएको छ ।

पुँजिगततर्फ भने ९० प्रतिशत बजेट खर्च छ । ४० अर्ब ९५ करोड रूपैयाँ बराबरको बजेट घोषणा गरेको लुम्बिनी प्रदेशले ७४ दशमलव ५८ प्रतिशत खर्च गर्न सक्यो । पूँजीगत तर्फ २२ अर्ब ४७ करोड रूपैँया विनियोजन गरेकोमा ७७दशमलव ४७ प्रतिशत खर्च भएको छ ।

आर्थिक मामिला तथा सुदुरपश्चिम प्रदेशका उपसचिव तुलसी भट्टराईका अनुसार आर्थिक वर्ष सकिँदा कुल बजेट खर्च ६६ दशमलव ७६ प्रतिशत मात्रै छ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - ०९:२८:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology