आँबुखैरेनी, ३१ असार । लायन्स क्लब अफ आँबुखैरेनी सिटीको ह्याण्डओभर तथा चार्टर नाईट कार्यक्रम बिहीबार साँझ भव्यताका साथ सम्पन्न भएको छ । आँबुखैरेनी–२, स्थित रोयल्स होम रिर्सोटमा आयोजित कार्यक्रममा सिटीको २०२२/०२३ का लागि नयाँ कार्य समितीलाई पद हस्तान्तरण तथा क्लबको चार्टर नाईट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

सिटीको अध्यक्षमा देब बहादुर श्रेष्ठ, फस्ट भिपी मा अगमराज उपाध्याय, सेकेण्ड भिपीमा सबिता भट्टराई, सेक्रेटरीमा श्याम विलास लामिछाने, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठलाई चयन गरिएको छ । सिटीका पूर्व अध्यक्ष ऋषि केसीको अध्यक्षतामा भएको कार्यक्रममा सिटीका संस्थापक अध्यक्ष रत्नकुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेको थियो ।
पारिवारिक सदस्यहरु सहित संचालित कार्यक्रम भव्यताका साथ गरिएको लायन्स क्लब अफ आँबुखैरेनी सिटीका सचीव श्यामबिलास लामिछानेले जानकारी दिएको छ ।