आँबुखैरेनी, ३१ गते । जन्मदिनको अवसरमा नेकपा एमालेको भातृ संगठन आँबुखैरेनी राष्ट्रिय युवा संघका अध्यक्ष किरण आलेले वद्वाश्रमलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ ।
सफल युवा व्यवसायी समेत रहेका आलेले जन्मदिनको अवसर पारेर आज आँबुखैरेनी–३, स्थित श्रीकृष्ण प्रणामी मन्दिरको वृद्वाश्रममा बस्दै आएका वृद्ववृद्वाहरुका लागि २ बोरा चामल, ४ किलो आटा, १० प्याकेट तेल र २ कार्टुन बिस्कुट सहयोग हस्तान्तरण गरेको हो ।
यस वृद्वाश्रमलाई आगामी दिनहरुमा समेत आवश्यक सहयोग गर्दै जाने आलेले बताए।