Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सुनका गहनाको निर्यात बढ्यो 

सुनका गहनाको निर्यात बढ्यो 

images

इच्छाकामना न्युज

३१, आषाढ २०७९
सुनका गहनाको निर्यात बढ्यो 
images

काठमाण्डौ, ३१ असार । चालु आर्थिक वर्षमा सुनका गहनाको निर्यात ५५ दशमलव ५७ प्रतिशतले बढेको छ । वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले ४६ करोड ३१ हजार रुपैयाँ बराबरको सुनका तयारी गहना निर्यात गरेको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भने सोहि अवधिमा जम्मा २९ करोड ५७ लाख रुपैयाँ बराबरको गरगहना निर्यात गरेको थियो । केन्द्रका अनुसार अमेरिका, अस्ट्रेलिया र हङकङ लगायतका देशमा सुनका गहना निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली गहनाको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले सीआईएनसँग बताउनुभयो ।विदेशबाट ढिका सुन आयात गरेर विभिन्न नेपाली डिजाइनका गहना बनाई व्यवसायीले विभिन्न मुलुकमा निर्यात गर्दै आएका छन् । 

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:३८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology