Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति 

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति 

images

इच्छाकामना न्युज

३१, आषाढ २०७९
नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति 
images

काठमाण्डौ, ३१ असार । कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो रूपमा सञ्चालनमा आउने भएको छ । हिजो सीमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर, कहिलेबाट खोल्ने भन्ने मिति तय भएको छैन ।  

परराष्ट्र मन्त्रालयको पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङको नेतृत्वमा भएको बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्वलाई जोड दिँदै दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न सहमति जनाएका छन् । नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा र्पुयाउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड–१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देश लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि गरेको छ । 

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:२९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology