Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

योजना अनुगमनलाई तिव्रता दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ 

योजना अनुगमनलाई तिव्रता दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ 

images

इच्छाकामना न्युज

३०, आषाढ २०७९
योजना अनुगमनलाई तिव्रता दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ 
images

कुरिनटार, ३० असार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकामा सञ्चालित विभिन्न आयोजनाहरुको निरन्तर अनुगमनलाई तिव्रता दिएको छ । अध्यक्ष गुरुङले आज पनि गाउँपालिकाका करिब आधा दर्जन आयोजनाहरुको अनुगमन गरेको छ । 

292718823_2734382633363429_6783265822357873601_n.jpg

उनले गाउँपालिका वडा नं. ३ अन्तर्गत आधारभुत स्वास्थ्य केन्द्र माझगाउँको भवन, राआवि चौताराको पहिरो संरक्षण, निर्माणिधिन इच्छाकामना मन्दिर, फिस्लिङ तरकारी संकलन केन्द्र, चुम्लिङटारमा अवस्थित शिवालय मन्दिर, वडा नं. ३ को वडाकार्यालय भवन लगायत आयोजनाहरुको अनुगमन गरेका छन्। 

यस्तै गाउँपालिकाको आगामी वर्षको योजनाका लागि प्रस्तावित भएको मुख्य सडकहरु फिस्लिङ–तोक्दाङ्ग–वल्र्याङ्ग सडक (संघको बजेट २५ करोड), तोक्दाङ्ग–सोरा सडक (१८ लाख) र रुप्लाङ्ग सडक (८ लाख) को स्थलगत अनुगमन गरेका छन्।

अनुगमन पश्चात अध्यक्ष गुरुङले स्थानीयहरु सामु फिस्लिङ तरकारी संकलन केन्द्रलाई तत्काल व्यवस्थित गरि संचालन गर्ने र किसानहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

ggggg.jpg

यस्तै अधुरा योजनालाइ तत्काल पुरा गर्न सुझाव दिनुका साथै आगामी बर्षमा संचालन हुने योजनाहरुको आवश्यकता र औचित्यको लागि पनि योजनाहरुको अवलोकन गरिएको अध्यक्ष गुरुङले बताए। साथै योजना अनुगमन पश्चात योजनाहरुलाइ समयमै प्रभावकारी रुपमा कसरी सम्पन्न गर्न सकिन्छ भने स्थानीयहरुसँग समेत छलफल गरेको बताए।

अध्यक्ष गुरुङको नेतृत्व रहेको अनुगमन टोलीमा वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल, गाउँपालिकाका प्राविधिक भरत गुरुङ लगायत रहेका थिए।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - २१:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology