Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाबाट नारायणगढतर्फ गोरुको मासु र खुट्टा लिएर जादै गर्दा जुगेडीमा अटोसहित ३ जना पक्राउ

इच्छाकामनाबाट नारायणगढतर्फ गोरुको मासु र खुट्टा लिएर जादै गर्दा जुगेडीमा अटोसहित ३ जना पक्राउ

images

इच्छाकामना न्युज

३०, आषाढ २०७९
इच्छाकामनाबाट नारायणगढतर्फ गोरुको मासु र खुट्टा लिएर जादै गर्दा जुगेडीमा अटोसहित ३ जना पक्राउ
images

जुगेडी, ३० असार । बिहीबार दिउँसो ३ः३० बजेको समयमा प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले इच्छाकामना गाउँपालिकाबाट  नारायणगढतर्फ जाँदै  गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्नेक्रममा गोरुको मासु र खुट्टासहित तीन जनालाई पक्राउ गरेको छ ।

उक्त अटोमा प्लास्टिकको बोरामा लुकाइछिपाइ ल्याएको गोरु/गाईको जस्तो देखिने मासु र खुट्टासहित अटोका चालक धादिङ रुवीभ्याली गाउँपालिका वडा नं ५ का २८ वर्षीय शंकर तामाङ, अटोमा सवार भरतपुर महानगरपालिका वडा नं१० निवासी ४५ वर्षीय प्रतिक ठकुरी र कास्कीको पोखरा महानगरपालिका वडा नं ११ का ३५ वर्षीय होम घिमिरेलाई उक्त मासु र अटो सहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - २०:२२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology