Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

साझा यातायात

साझा यातायातले दशैसम्म ३७ वटा बिजुली बस भित्र्याउने 

साझा यातायातले दशैसम्म ३७ वटा बिजुली बस भित्र्याउने 

images

सिआईएन

३०, आषाढ २०७९
साझा यातायातले दशैसम्म ३७ वटा बिजुली बस भित्र्याउने 
images

अविनाश आचार्य, काठमाडौँ, ३० असार । साझा यातायातले दशैसम्म ३७ वटा बिजुली बस भित्¥याउने लक्ष्य लिएको छ ।विगत सात दिनदेखी काठमाडाँै उपत्यकामा तीन वटा विद्युतीय बस सञ्चालन गरिरहेको साझाले तिहारभित्र काठमाडौँ उपत्यकाका सडकमा यस्ता ४० वटा बस गुड्ने बताएको छ ।  

आयोजना ब्यवस्थापक गौरव राज पाण्डेका अनुसार एक सय ६१ युनिट विजुलीले झण्डै दुई सय किलोमिटर यात्रा गर्न सकिने बिजुली बस ईन्धनको तुलनामा सुलभ पनि रहेको जानकारी दिनुभयो । खरिद मूल्य तुलनात्मक रुपमा चार गुणा महँगो पर्ने भए पनि यात्रुहरूले भने अन्य बस सरह नै भाडा तिरिरहेका छन् ।

२६ सिट क्षमताको बसमा चार वटा सिसिटिभि क्यामेरा जोडिएको छ, जस मार्फत केन्द्रीय कार्यालयले निरन्तर निगरानी गरिरहेको हुन्छ । महिला, अपाङ्गता भएका व्यक्ति र अशक्त बालबालिकाका लागि समेत छुट्टै सिटको ब्यवस्था छ । साझाका बिजुली बसमा यात्रुको सुरक्षाका लागि आवश्यक सबैखाले प्रविधि जोडिएको छ । जसले सडक दुर्घटनाको जोखिमको बारेमा, सचेत गराउने काम पनि गर्छ ।

यस्ता बिजुली बसलाई प्राथमिकतामा राख्न सके इन्धन मात्रै नभइ वातावरण जोगाउन पनि सहयोग पुग्ने सरोकारवालाहरू बताउँछन् । चालु आर्थिक वर्षको बैशाखसम्म नेपालमाएक खर्ब २३ अर्ब बढीको डिजेल खपत भएको छ । यही अवधिमा पेट्रोलको आयात गतवर्षको तुलनामा एक सय ४ प्रतिशतले बढेको छ । 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०९:११:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology