Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

जसपा फुटको सङ्घारमा, पार्टी एकता कार्यकर्ताको चाहना 

जसपा फुटको सङ्घारमा, पार्टी एकता कार्यकर्ताको चाहना 

सिआईएन

३०, आषाढ २०७९
जसपा फुटको सङ्घारमा, पार्टी एकता कार्यकर्ताको चाहना 
images

उषा तामाङ, काठमाडाँ, ३० असार । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक छुट्टाछुट्टै बसेपछि पार्टी फुटको सङ्घारमा पुगेको भन्दै कार्यकर्ता चिन्तित बनेका छन् ।

images
images

पार्टीको सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक काठमाडाँैमा बसेको छ भने अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक पनि वीरगञ्जमा जारी छ । दुई समूह दुइतिर समानान्तर बैठकमा बस्ने र एकले अर्कोको खण्डन गर्ने गरेपछि पार्टी लगभग फुटमा गएको छ । कार्यकर्ताहरू भने चिन्तित बनेका छन् ।

धनुषाका अम्बुप्रसाद साहले नेताहरूको स्वार्थका कारण पार्टी फुट्न नहुने बताउनुभयो । अध्यक्ष यादवले बैठक नबोलाएको, स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनोट, मन्त्री हेरफेर, निर्वाचनमा प्राप्त परिणाम र एक अर्कालाई गरेको अन्र्तघातसम्मको विषयमा दुइ नेताबीचमा मतभेद थियो । जसका कारण पार्टीमा यो अवस्था आएपनि कतिपय कार्यकर्ता अझै पनि पार्टी एक हुनसक्ने विश्वासमा छन् ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरमबीच २०७६ बैशाखमा एकता भएको थियो । 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०९:०८:४१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology