Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कृषि

कुरिलो खेती विस्तारमा उल्लेख्य प्रगति हुन सकेन, वार्षिक उत्पादन ११ सय टन मात्रै 

कुरिलो खेती विस्तारमा उल्लेख्य प्रगति हुन सकेन, वार्षिक उत्पादन ११ सय टन मात्रै 

images

सिआईएन

२८, आषाढ २०७९
कुरिलो खेती विस्तारमा उल्लेख्य प्रगति हुन सकेन, वार्षिक उत्पादन ११ सय टन मात्रै 
images

उषा तामाङ, काठमाडौँ, २८ असार । खपत बढी भए पनि कुरिलो खेती विस्तारमा उल्लेख्य प्रगति हुन सकेको छैन । नेपाली बजारमा नौ हजार रुपैयाँसम्म प्रति किलो पुगेको कुरिलो एक सय ५८ हेक्टरमा मात्रै खेती हुने गरेको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र किर्तिपुरका अनुसार नेपालमा बर्सेनि एक हजार एक सय ६६ टन कुरिलो उत्पादन हुन्छ ।

दस वर्ष अघि देशभर एक सय ३७ हेक्टर क्षेत्रफलमा कुरिलो खेती हुँदा एक हजार ६३ मेट्रिक टन उत्पादन भएको थियो । प्रशस्त मात्रामा प्रोटिन, भिटाभिन, फाइबर, क्याल्सियम लगायतका पौष्टिक तत्व पाइने कुरिलो खेतीको सम्भावना नेपालमा उच्च भए पनि सात प्रदेश मध्ये मधेस र सुदुरपश्चिम प्रदेशमा यसको खेती हुन सकेको छैन ।

कुरिलो खेती विस्तारका लागि बीउ र बिरुवा उत्पादनमा जोड दिएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख बासुदेव काफ्लेले जानकारी दिनुभयो । कुरिलो गर्भवती, सुत्केरी, बिरामी व्यक्तिहरूका लागि समेत महत्वपूर्ण मानिन्छ । यसको जरालाई समेत औषधिको रूपमा प्रयोग गर्न सकिने भएकाले कुरिलोको महत्व छुट्टै रहेको वरिष्ठ कविराज बिमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले स्तनपान गराइरहेका आमाहरूलाई देशभरका आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट कुरिलोबाट बनेको सामग्री निशुल्क वितरण गरिरहेको छ । कालिमाटि फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कुरिलोको अधिकतम थोक मुल्य दुई सय ५० रूपैयाँ छ । बेमौसमको समयमा भने नेपाली बजारमा कुरिलोको मूल्यवृद्धि हुने गरेको छ ।

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०९:०४:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology