आँबुखैरेनी, २७ असार । लायन्स क्लब अफ आँबुखैरेनी अकलाको आयोजनामा ७ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिकाको आर्थिक सहायतामा ४० जना महिलाहरुको लागि ७ दिने उद्घोषण तथा क्षमता विकास तालिम प्रदान गरिएको लायन्स क्लब अफ आँबुखैरेनी अकलाका अध्यक्ष लायन बिमला कुँवरले जानकारी दिनुभयो ।
उद्योग बाणिज्य संघ आबुखैरेनी बजार ईकाइको सभा हलमा भएको उद्घोषण तथा क्षमता विकास तालिममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, पुर्व उपाध्यक्ष पुष्पादेवि श्रेष्ठ, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख निरज डाँगी, आँबुखैरेनी गाउँपालिका वडा नं.१ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नं. ३ का वडाध्यक्ष दिनेश केसी, लायन्स क्लब अफ आँबुखैरेनी अकलाका सस्थापक अध्यक्ष लायन तुलसी पौडेल खनाल, तालिमका प्रशिक्षक मधु अधिकारी, वडा सदस्य लक्ष्मि श्रेष्ठ, शोभा विक, गाउँपालिका IT officer निरज श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।