बाजुरा, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मतगणना अनुसार १० वटा वडामध्ये ७ वडाध्यक्ष सहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली काँग्रेसले ३ वटा वडा जितेको छ ।
वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भए । मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराउनुभएको हो ।
त्यस्तै उपमेयरमा एमालेका मायाकुमारी खड्काले काँग्रेसकी रिता शाहीलाई पराजित गर्नुभएको छ । बानियाँले ४ हजार ७७७ मत पाउँदा काँग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत ल्याउनुभयो ।
त्यस्तै उपमेयरमा एमालेका मायाकुमारी खड्काले ४ हजार ७२७ र काँग्रेसका रिता शाहीले ३ हजार ७५५ मत ल्याउनुभयो । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।