Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बाढी, पहिरो र डुबानको बारे बुझ्न ११५५ मा फोन गर्न सकिने 

बाढी, पहिरो र डुबानको बारे बुझ्न ११५५ मा फोन गर्न सकिने 

images

सिआईएन

२६, आषाढ २०७९
बाढी, पहिरो र डुबानको बारे बुझ्न ११५५ मा फोन गर्न सकिने 
images

सजना तिमल्सिना, काठमाण्डौ, २६ असार । पछिल्लो समय बाढी, पहिरो र डुबानको बारेमा चासो लिएर फोन गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाको पैसा नलाग्ने फोन नम्बर ११ ५५ मा फोन गरेर सम्भावित बाढी, पहिरो र डुबानको बारेमा जानकारी लिनेहरूको सङ्ख्या बढेको हो ।

महाशाखाका अनुसार २४ सै घण्टा फोन गर्न सकिने यो नम्बरमा दैनिक कम्तिमा ५० देखि ५ सय जनासम्मले आफ्नो गाउँ ठाउँमा बाढी र पहिरोको जोखिम रहे नरहेको जानकारी लिने गरेका हाइड्रोलोजिस्ट जीन्की भूषालले सीआइएनसँग बताउनुभयो ।

महाशाखाले देशभर रहेका २२७ केन्द्रबाट वर्षा मापन र १०६ केन्द्रबाट बाढीको मापन गर्ने गरेको छ । ति केन्द्रबाट आएको सूचनाका आधारमा कामका खटिएका हाइड्रोलोजिस्टहरूले देशभरिको पानीको अवस्था निगरानी गरेरजोखिम क्षेत्रमा रहेकाहरूको मोबाइलमा सन्देश प्रवाह गर्ने गरेका छन् ।

महाशाखाले यो वर्ष मनसुन सुरु भएयताको एक महिनामा मात्रै २१ लाख ३९ हजार सन्देश प्रवाह गरिसकेको छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०८:५९:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology