Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमविए पढेर युवाले थाले आफ्नै व्यवसाय, घडेरी बजार डटकम संचालन

एमविए पढेर युवाले थाले आफ्नै व्यवसाय, घडेरी बजार डटकम संचालन

images

इच्छाकामना न्युज

२६, आषाढ २०७९
एमविए पढेर युवाले थाले आफ्नै व्यवसाय, घडेरी बजार डटकम संचालन
images

चितवन, २६ असार । अध्ययन गरेर हातमा सर्टीफिकेट भएर के हुन्छर भन्ने प्रश्न नेपालमा धेरै सुन्ने गरिन्छ तर पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले भने घडेरी बजार डटकमको सुरूवात गर्नुभएकाे छ । 

एक बर्ष अगाडि मात्र  एमविए उत्तीर्ण गर्नुभएका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिकाे माध्यमबाट घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे । 

घर जग्गा काराेबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गरी  खरिद र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले विपिन कडेंलले घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे । 

यदी कसैले घर जग्गा  विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नाे युजर एकाउन्ट बनाइ सम्पतिकाे सम्पूर्ण विवरण , घर जग्गाकाे फाेटाे, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन्  ।  खरिदकर्ताले पनि आफ्नाे आवस्यकता र चाहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था मिलाउन खोजिएको संचालक कडेलले भनाइ छ।

आजकाे व्यस्त समय र प्रविधिकाे युगमा घरबाटै सबै काम गर्न सकिने र  अनलाइनबाटै आफूले चाहेकाे सामान खरिद विक्रि  हुने उहाँको भनाइ छ । घडेरी बजार डटकम सुरू जुन सुकै , जहाँ सुकै र जहिले पनि मानिसले आफूले चाहेकाे घर जग्गाकाे बारेमा जानकारी लिन सक्ने छन् ।  अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्रि गर्न सक्ने सुबिधा पनि उपलब्ध भएको र  यसलाई आवश्यकता अनुसार स्तरउन्नति गर्दै लैजाने याेजना रहेकाे कडेंलले बताउनुभयाे । 

साथै घडेरी बजारमा गएर घर जग्गा सम्बन्धि समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ। साथसाथै  यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्ने र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सक्ने व्यवस्था रहेकाे उहाले बताउनुभयाे  । 

एक बर्ष अगाडि मात्र  एमविए उत्तीर्ण गर्नुभएका चितवनका उद्यमी युवा वि कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिकाे माध्यमबाट घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे । 

विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालकाे माध्यमबाट युवा उद्यमीहरू विच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरि भि ग्रुपकाे अलग अलग आयामहरू संचालन गर्दै आईरहनुभएकाे छ ।

त्यसकाे साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक, नियमित सरसफाइ अभियानकाे कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता, महामारीको समयमा खाद्यान्न वितरण, युवाहरूलाई विभिन्न किसिमका तालिमहरू, जनचेतनामुलक अलग अलग अभियानमा पनि उहाँको  सकृय भूमिका थियाे । 

घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक करोबर सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा बिस्तार गर्दै जाने संचालकले जानकारी दिनुभयाे ।

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०८:०९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology