Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विषेश

आँबुखैरेनीका १० वर्षिय बालकमा नाइरोबी (फ्लाई) किराको एसिड संक्रमण

आँबुखैरेनीका १० वर्षिय बालकमा नाइरोबी (फ्लाई) किराको एसिड संक्रमण

images

इच्छाकामना न्युज

२४, आषाढ २०७९
आँबुखैरेनीका १० वर्षिय बालकमा नाइरोबी (फ्लाई) किराको एसिड संक्रमण
images

आँबुखैरेनी, २४ असार । तनहुँको आँबुखैरेनीमा नाईरोबी फ्लाई किराको एसिडको कारण एक जना संक्रमिती  भएको पुष्टि भएको छ। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का  १० बर्षिया बालकमा नाइरोबी (फ्लाई) किराको एसिडका कारण संक्रमण देखिएको हो । 

बिहीबार मनकामना हेल्थ क्लिनिकमा उपचारको लागि आएका बालकको घाटीको छालामा डडुवा घाउ तथा जनै घटिरा जस्तो देखिएपछि परिक्षणका क्रममा उक्त बालकमा नाइरोबी (फ्लाई) किराको एसिडका कारण संक्रमण पुष्टी भएको क्लिनिकका डाक्टर आषिश कोईरालाले जानकारी दिए।

नाइरोबी (फ्लाई) किराको एसिडका कारण बालकको घाटीको दाहिने भाग ३/४ ईन्च क्षेत्रमा फैलिएर संक्रमण भएको र सामान्य औषधि दिएको मनकामना हेल्थ क्लिनिकले जनाएको छ। 

देशभर नाइरोबी (फ्लाई) किराको कारण हुने संक्रमित बढ्दै गएपछी जनमानसमा आतंक फैलिएको छ। 

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १९:०४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology