Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा करारको कर्मचारी निष्कासन गरेको भन्दै नेपाली कांग्रेसले बुझायो ज्ञापन पत्र

इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा करारको कर्मचारी निष्कासन गरेको भन्दै नेपाली कांग्रेसले बुझायो ज्ञापन पत्र

images

इच्छाकामना न्युज

२४, आषाढ २०७९
इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा करारको कर्मचारी निष्कासन गरेको भन्दै नेपाली कांग्रेसले बुझायो ज्ञापन पत्र
images

कुरिनटार,२४ असार । नेपाली कांग्रेस इच्छाकामनाले १० जना करारका कर्मचारीहरुको नियुक्ति नवीकरणको माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । राजनितिक आस्थाको आधारमा १० जना करारका कर्मचारीको नियुक्ति नविकरण नगर्ने गाउँसभाले निर्णय गरको आरोप लागाउँदै असन्तुष्ट नेपाली कांग्रेस इच्छाकामनाले आज ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज गाउँपालिका प्रवक्ता नर बहादुर नेपाललाई ज्ञापन पत्र बुझाउनुभएको हो । सभापति श्रेष्ठले राजनितिक आस्थाको आधारमा १० जना कर्मचारीहरुलाई निश्कासन गरिएको आरोप लगाउनुभयो । उहाँले १० जना कर्मचारीको नियुक्ति नवीकरण नगरे जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो । उहाँले २७ गतेभित्र नियुक्ति नवीरकण नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी गाउँपालिका हुने चेतावनी दिनुभयो ।

गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल यस विषयमा पुन: छलफल गरिने आश्वासन दिनुभयो । बिहिबार बसेको गाउँसभाको बैठकले कार्यक्रमको समयवधी सकिएको, कार्य सम्पादनको मुल्याङ्कन र कोटा नै कटौती गरि १० जना कर्मचारीको नियुक्ति नविकरण नगर्ने निर्णय गरेका थिए । यसैबिच स्रोत व्यक्ति भविश्वर गुरुङलाई काज सुरुवा गर्ने निर्णय गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १७:००:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology