Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाले गाउँपालिका कार्यलयमा कार्यरत १० जना कर्मचारीको करार अवधी नविकरण नगर्ने

इच्छाकामनाले गाउँपालिका कार्यलयमा कार्यरत १० जना कर्मचारीको करार अवधी नविकरण नगर्ने

कुन कुन कर्मचारीको करार अवधी नविकरण नहुने भो हेर्नुस् नामावली

images

इच्छाकामना न्युज

२३, आषाढ २०७९
इच्छाकामनाले गाउँपालिका कार्यलयमा कार्यरत १० जना कर्मचारीको करार अवधी नविकरण नगर्ने
images

कुरिनटार, २३ असार । चितवनको इच्छाकामना गाउँपालिकाले १० जना कर्मचारीको नियुक्ती नविकरण नगर्ने भएको छ । आज बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नियुक्ती नविकरण नगर्ने निर्णय गरिएको हो । गाउँपालिका प्रवक्ता नर बहादुर नेपालका अनुसार गाउँपालिकामा निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमका लागि नियुक्त भएका, कार्यसम्पादनमा प्रभावकारी नभएका करारका कर्मचारीहरुको नियुक्ती नविकरण नगर्ने भएको हो । 'जुन कार्यक्रमका लागि नियुक्त गरिएको हो सो कार्यक्रम नै फेज आउट भइसक्यो केही करारका कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कनको आधारमा नविकरण नगर्ने निर्णय गरिएको हो, प्रवक्ता नेपालले भन्नुभयो ।' असार मसान्तबाट विदाई हुने करारका कर्मचारीहरुमा कार्यसम्पादन राम्रो नभएको कारण आईटी शाखा प्रमुख सुजन अर्याल, एम्बुलेन्स चालक सरोज त्रिपाठी, कार्यालय सहयोगी नवीन मगर, गाउँपालिकामा दरबन्दी नभएको कारण इन्जिनियर प्रदिप त्रिपाठी, सहायक कम्प्युटर अपरेटर कुम बहादुर गुरुङ, सहायक कम्प्युटर अपरेटर आस्था त्रिपाठी, "विपन्नको आँगनमा स्थानीय सरकार" फेज आउट कार्यक्रमका कर्मचारी लक्ष्मी त्रिपाठी र विनोद गुरुङ, उपाध्यक्ष नभएका कारण निवर्तमान उपाध्यक्षका स्वकीय सचिव राजकुमार त्रिपाठीका साथै अध्यक्ष नभएका कारण निवर्तमान अध्यक्षका चालक काशी गुरुङको नियुक्ति अवधी नविकरण नगर्ने भएको हो। उनीहरु सबैको करार अवधी यहि असार मसान्तसम्म मात्र रहेको थियो। यस्तै अघिल्लो स्थानिय सरकारको पालामा गाउँपालिकामा हुँदै नभएको स्रोतव्यक्ति पदको सृजना गरि राष्ट्रिय आधारभुत विधालय फिस्लिङमा कार्यरत शिक्षक भविश्वर गुरुङलाई काजमा गाउँपालिका ल्याइ काम गाराइरहेकोमा उनलाई पनि आजैको गाउँ सभा बैठकले काज फिर्ता गराइ विधालयमै पठाउने निर्णय गरेको छ। स्रोत व्यक्ती नियुक्तिको विषय निकै विवादित बनेको थियो। जसको कारण यस विषयमा गलत भएको भन्दै अख्तियारले गाउँपालिकालाई पत्र काटेरै स्पष्टीकरण सोधेको थियो। तर उक्त पत्रको जवाफ अख्तियारलाई नदिइ गाउँपालिकाका जिम्मेवार पदाधिकारीले पत्र नै गाएब बनाएको चर्चा एकताका गाउँपालिकामा खुब चलेको थियो। यसैबीच करारका कर्मचारीको नियुक्ति अवधी नविकरण नगर्ने निर्णयको सन्दर्भमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सँग कुराकानी गर्दा गाउँपालिकामा अनावश्यक कर्मचारी राखिएकोले गाउँपालिकालाइ अनावश्यक आर्थिक भार पर्न गएकोले खर्च मितव्ययिता अपनाउनका लागि पनि कर्मचारी कटौती गर्नुपरेको बताए। उनले भने "एकातिर गाउँपालिकामा आवस्यकता भन्दा बढी कर्मचारी देखियो जसका कारण गाउँपालिकालाइ अनावश्यक खर्च भार पर्‍यो भने अर्को तिर आन्तरिक आयस्रोत कमजोर भएकोले आम्दानी घटेको छ, जसका कारण आन्तरिक आम्दानीबाट भुक्तानी गर्ने गरि संचालन गरिएका योजनाहरुको भुक्तानी रोकिएको छ, यस्तो बेला खर्च कटौती गरि मितव्यिता अपनाउन आवश्यक रहेकोले अनावश्यक कर्मचारी हटाउने निर्णय गरेका हौ।" यस्तै उनिहरुलाई गाउँपालिका उपाध्यक्ष माया सिलवालको संयोजकत्वमा गठित कर्मचारी व्यवस्थापन तथा मूल्याकंन उपसमितिले सिफारिस गरे बमोजिम गाउँसभा बैठकले निर्णय गरि उनीहरुको करार अवधी नविकरण नगर्ने भएको अध्यक्ष गुरुङले बताए।

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - २२:२८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology