Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

सामाजिक कुरीतिजन्य बाल विवाह बिरुद्धमा आँवुखैरेनी गाउँपालिकाद्वारा सचेतनामुलक कार्यक्रम

सामाजिक कुरीतिजन्य बाल विवाह बिरुद्धमा आँवुखैरेनी गाउँपालिकाद्वारा सचेतनामुलक कार्यक्रम

images

इच्छाकामना न्युज

२२, आषाढ २०७९
सामाजिक कुरीतिजन्य बाल विवाह बिरुद्धमा आँवुखैरेनी गाउँपालिकाद्वारा सचेतनामुलक कार्यक्रम
images

आँबुखैरेनी, २२ असार । आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयमा सामाजिक कुरीतिजन्य वाल विवाह विरुद्धमा गाउँपालिकाले आज सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा बालविवाह न्युनिकरणका लागि विद्यार्थी र अभिभावकहरुलाइ प्रशिक्षित गरिएकाे थियाे । पालिकामा विभिन्न कारणले विद्यालय उमेर समूहका बालबालिकाहरु कम उमेरमा नै विवाह गर्न थालेपछि पालिकाले सचेतना कार्यक्रम गर्न थालेकाे हाे ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अध्ययन गरेर आफू सक्षम भएसँगै राेजगारी प्राप्त गर्न सकिने र त्यसपछि गृहस्थी जीवन प्रवेश हुने बताए ।

आफ्ना बालबालिकाहरुकाे शिक्षाका बारेमा बाबुआमाले निरन्तर रेखदेख गरी छाेरछाेरीलाइ सक्षम बनाउन वातावरण बनाउनुपर्ने बताए । शिक्षा र स्वास्थ्य क्षेत्र मुख्य रहेकाेले यस क्षेत्रकाे सुधारका लागि पालिकाकाे स्राेत साधनले भ्याएसम्म सहयाेग गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले पढ्ने उमेरमा अन्य क्षेत्रमा मन डुलाउन नहुने बताइन । शिक्षा आर्जनसँगै थुप्रै अवसरहरु प्राप्त हुने उनकाे भनाइ छ ।

दिनभरी चलेकाे उक्त कार्यक्रममा आँवुखैरेनी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवर, विद्यालयका  सहायक प्रधानाध्यापक काशीनाथ देवकाेटा लगायतले सहजिकरण गरेका थिए ।

विद्यालयका जग्गादाता डम्बर बहादुर खवासकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन कार्यक्रम सँयाेजक अस्मिता अधिकारीले गरेकी थिइन । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरु गरी दुइसय जना भन्दा धेरैकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा भाग लिएपछि आफूहरुलाइ वालविवाह गर्दा हुने बेफाइदाका बारेमा राम्राे ज्ञान पाएकाे सहभागि अनिता थापाले बताइन ।

पालिकाकाे कन्यादेवी माध्यमिक विद्यालयमा बाल विवाह न्युनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएकाे विद्यालयले जनाएकाे छ । आँवुखैरेनी गाउँपालिका राेजगार सँयाेजक कमला गैह्रे, भक्तराज रसाइली लगायतले सहजीकरण गरेकी थिइन । वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमा विद्यालयका विद्यार्थी अभिभावककाे सहभागिता रहेकाे थियाे ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - २२:०८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology