Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देशलाई आर्थिक संकटबाट बचाउन निर्यातमुखी बनाउनुपर्छ : सांसद रीना गुरूङ

देशलाई आर्थिक संकटबाट बचाउन निर्यातमुखी बनाउनुपर्छ : सांसद रीना गुरूङ

images

इच्छाकामना न्युज

२१, आषाढ २०७९
देशलाई आर्थिक संकटबाट बचाउन निर्यातमुखी बनाउनुपर्छ : सांसद रीना गुरूङ
images

भरतपुर, २१ असार । वागमती प्रदेश सभा सदस्य रीना गुरूङले देशलाई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन् । त्यसको लागि सरकारले कृषि उत्पादनमा ध्यान दिनुपर्ने भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई झक्झक्याएकी हुन् ।

‘देश आयातमुखी होइन, निर्यातमुखी हुन जरूरी छ,’ कुनै दिन नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्ने संकेत गर्दै उनले लेखेकी छन्, ‘कृषि उत्पादनमा विशेष ध्यान दिनुपर्ने हो । तर, सरकार राजनीतिक समीकरण बनाउनमै व्यस्त छ ।’

वर्तमान सरकारबाट जनताको चाहनाअनुसारको काम हुन नसक्दे आशय व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सहमहममन्त्रीसमेत रहेकी सांसद गुरूङले भनेकी छन्, ‘कुनै नीति आउला भनी आशा नगरौँ र सबै नागरिक नेपाली खाद्यवस्तुदेखि अधिकतम नेपाली उत्पादन नै उपभोग गर्नतर्फ लागौँ ।’ सवारीसाधन समेत आवश्यकताको आधारमा मात्र उपयोग गर्न पनि उनले सुझाव दिएकी छन् ।

महंगीको मारमा नेपाली नागरिक बाँचिरहनुपरेकोले नेपाल पनि कुनै दिन श्रीलङ्काजस्तै चरम आर्थिक संकटमा पर्नसक्ने समेत उनले संकेत गरेकी छन् । त्यसबाट जोगिन सरकारबाट सम्भव नदेखिएकोले जनता नै सचेत बन्नुपर्ने बेला आएको उनको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - २२:४७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology