Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट राजिनामा दिन नागरिक अगुवाको माग

अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट राजिनामा दिन नागरिक अगुवाको माग

images

इच्छाकामना न्युज

२१, आषाढ २०७९
अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट राजिनामा दिन नागरिक अगुवाको माग
images

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माले अराजकता र दण्डहीनता देखाएको भन्दै तत्काल पदबाट राजीनामा दिन पूर्वप्रधानन्यायाधीशसहित नागरिक समाजका अगुवाले माग गरेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा। गोविन्द केसी र शिक्षाविद् केदारभक्त माथेमाले सोमबार संयुक्त विज्ञप्तिमार्फत अर्थमन्त्रीको राजीनामा मागेका हुन्।

‘यस्ता अराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुँदैन। आधारभूत नैतिकतासमेत गुमाएका व्यक्ति मन्त्री पदमा बसिरहँदा पदको समेत गरिमा खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ,’ तीनजनाको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्रीको इमानको विवाद र बहस भइसकेको अवस्थामा या त अर्थमन्त्रीले कुनै अकाट्य प्रमाणसहित अनधिकृत व्यक्तिले बजेट निर्माणमा भूमिका नखेलेको प्रमाणित गर्न, होइन भने तत्काल नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछौं।’

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएकोप्रति आक्रोशसमेत व्यक्त गरेका छन्। अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्र्फी आलोचना भएको छ।

फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्। सूचनाको हकको निवेदन राखी अर्थ मन्त्रालयमा बजेट तयारीको अघिल्लो दिनको सिसिटिभी फुटेज माग गर्दा मन्त्रालयले हटिसकेको जवाफ दिएको थियो। त्यसको सर्वत्र विरोध भएको छ। नागरिक दैनिकमा खबर छ । 

 

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:५३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology