Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

औपचारिक रूपमा विभाजनको घोषणा हुँदै जसपा

औपचारिक रूपमा विभाजनको घोषणा हुँदै जसपा

पत्रपत्रिका

२१, आषाढ २०७९
औपचारिक रूपमा विभाजनको घोषणा हुँदै जसपा
images

काठमाडौं, २१ असार । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादव आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपामा औपचारिक रूपमा विभाजनको घोषणा हुन लागेको हो ।

images
images

यादव समूहले केन्द्रीय समितिको विस्तारित बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय समितिको विस्तारित बैठक २९ र ३० असारमा काठमाडौंमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रूपमा विभाजित हुने बताइएको छ ।

भट्टराईनिकटका नेता गंगानाराण श्रेष्ठका अनुसार आफूहरूलाई थाहै नदिई वीरगन्जमा बैठक बोलाइएपछि काठमाडौंमा आफूहरूले विस्तारित बैठक बोलाएको बताए । पार्टीभित्र एकलौटी गर्न थालेपछि काठमाडौंमा बस्ने विस्तारित बैठकले थप निर्णय गर्ने उनले बताए । राजधानी दैनिकमा खबर छ ।

 

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:१८:०० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology