कुरिनटार, १९ असार । चितवनको इच्छाकामना गाउँपालिका ४ लामिडाँडाका स्थानीयले लालपुर्जा पाएका छन्। स्थानीय तह निर्वाचन पश्चात इच्छाकामना गाउँपालिकामा नेकपा एमालेको सरकार आएसँगै झण्डै ५३ वर्षपछि लामिडाँडाबासीले लालपुर्जा पाएका हुन्।

२०२६/०२७ सालताका नापी भए पनि पुर्जा नपाएका उनीहरूलाई आइतबार इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीलगायतको उपस्थितिमा पुर्जा वितरण गरिएको हो ।

हाल इच्छाकामना वडा नम्बर ४ (साविकको दारेचोक गाविस ३) गाउँ ब्लक अन्तरगत लामीडाँडाका १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको वडाध्यक्ष रुद्र उप्रेतीले बताए। उनका अनुसार इन्द्र बहादुर थापा मगर, धनमाया लुंगेली मगर, मान बहादुर लुंगेली मगर,दिल बहादुर मगर, दल बहादुर थापा, रण बहादुर मगर, डम्बर बहादुर मगर,वुद्धसिंहथापा, ज्ञान बहादुर मगर, डिल बहादुरु मगर, सौ बहादुर थापा, चक बहादुर थापा र निर्मला थापालाई जग्गा धनीपुर्जा वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँ ब्लक जग्गाको यस अघि वडा नम्बर ७ मा जग्गाधनी पुर्जा वितरण गरिएको बताउनुभयो ।