Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज 

images

इच्छाकामना न्युज

१९, आषाढ २०७९
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज 
images

काठमाण्डौ, १९ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे छलफल हुने नेताहरूले बताएका छन् ।

यस्तै बैठकले केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन गर्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

गत पुसमा काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निरन्तरता दिँदै २ सय ४६ केन्द्रीय सदस्य चयन गरेपनि अन्य पदाधिकारी भने अहिलेसम्म टुङ्गो लगाएको छैन । आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ ।

२ सय ९९ सदस्यीय केन्द्रीय सदस्यहरूमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन हुन पनि बाँकी छ ।केन्द्रीय समिति बैठक तीन दिनसम्म चल्ने माओवादीले बताएको छ । 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०८:५९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology