Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा हरेक वर्ष ८० लाख मेट्रिक टन चामल खपत हुँदै 

नेपालमा हरेक वर्ष ८० लाख मेट्रिक टन चामल खपत हुँदै 

images

इच्छाकामना न्युज

१७, आषाढ २०७९
नेपालमा हरेक वर्ष ८० लाख मेट्रिक टन चामल खपत हुँदै 
images

अविनाश आचार्य, काठमाडौँ, १७ असार । नेपालमा हरेक वर्ष ८० लाख मेट्रिक टन चामल खपत हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा भारत लगायत चीन, अमेरिका, दक्षिण कोरिया, भियतनाम, थाईल्यान्ड लगायतका मुलुकबाट चामल आयात हुने गरेको छ । जसमा ७० प्रतिशत मसिनो तथा बास्नादार चामल छ ।

केही वर्षअघिसम्म कम्तिमा एक छाक च्याँख्ला, ढिँडो अथवा रोटी खाने गरेको भएपनि अहिले त्यो चलन नहुँदा धान चामलको खपत बढ्दै गएको हो ।

‘राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको एक शोधपत्रले सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड दुई लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्नसक्ने अनुमान गरेको छ । तर हालको उत्पादकत्वले त्यो आँकडा भेटाउन मुस्किल रहेको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ। तर त्यसको ३० प्रतिशतमा मात्रै सिँचाई सुविधा उपलब्ध छ । बाँकी जमिनमा समेत सिँचाई पु¥याउन सके उत्पादन केही बढाउन सकिने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - ०९:०२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology