कुरिनटार, १६ असार । चितवनको इच्छाकामना गाउँपालिका ३ निवासी राजन खनाल उपसचिवमा बढुवा सिफारिस भएका छन्। लोकसेवा आयोगले लिएको परीक्षाको विभिन्न प्रक्रिया पुरा गरि नेपाल न्याय सेवा, न्याय समूह, रा.प.द्वितीय श्रेणी उपसचिव वा सो सरहको पदमा खनाल बढुवा सिफारिस भएको हो। उनलाई आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गरेको छ।
उपसचिवमा बढुवा सिफारिस भएका खनाल ६ जना उम्मेद्वारसँगको कडा प्रतिस्पर्धाबाट पहिलो नम्बरमा नाम निकाल्न सफल भएको छ।
