Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देशभर झण्डै २० प्रतिशत मात्रै रोपाइँ 

देशभर झण्डै २० प्रतिशत मात्रै रोपाइँ 

images

इच्छाकामना न्युज

१६, आषाढ २०७९
देशभर झण्डै २० प्रतिशत मात्रै रोपाइँ 
images

काठमाण्डौ, १६ असार । देशभर झण्डै २० प्रतिशतमात्रै रोपाइँ भएको छ । हिजोसम्ममा देशभर २० प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत वर्षहरूमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुने गरेकोमा यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको हो ।

अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ । सुदूरपश्चिममा झण्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको छ । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशमा रोपाइँ सुरु हुन सकेको छैन ।

सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । तर मल र सिँचाइका कारण यसवर्ष रोपाइँ प्रभावित भएको छ ।

भारतबाट मल आउने क्रममा रहेको र देशभर मनसुन पनि सक्रिय भएकाले अब धमाधम रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले सीआइएनसँग बताउनुभयो । विगतको तुलनामा यसपालि मध्यअसारसम्म धान रोपाइँ अलि कम देखिएको तर साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म रोपाइँ भैसक्ने उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:५३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology