Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं

मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं

images

इच्छाकामना न्युज

१६, आषाढ २०७९
मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं
images

असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाईं भएको थियो । लुम्बिनीमा धान रोपाईं हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाईं सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाईँ भएको छ ।

नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा धान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये चार हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाईँ सकिएको छ ।

कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।

लुम्बिनी मा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने एक हजार ४१९ हेक्टर मध्ये ९२३ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा चार हजार ३४० हेक्टर मध्ये दुई हजार ६१३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३२ प्रतिशत र बर्दियामा ३५ प्रतिशत रोपाईँ सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७७ हेक्टरमा रोपाईँ सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाईँ भएको छ । जिल्लामा धान खेती हुने कुल आठ हजार ५० हेक्टर मध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भइसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

गुल्मीमा २७ प्रतिशत रोपाईँ हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाईँ सकिएको छ । गुल्मीमा कुल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको छ भने पाल्पमा सात हजार ७०६ हेक्टर मध्ये दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिसकेको छ ।

प्यूठान ६० प्रतिशत रोपाईँ सकिएको छ । जिल्लाको कुल धान रोपाईँ हुने ६ हजार ५८० हेक्टर मध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:१४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology