Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -'राजीनामा दिएकै छैन'

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -'राजीनामा दिएकै छैन'

images

पत्रपत्रिका

१६, आषाढ २०७९
राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -'राजीनामा दिएकै छैन'
images

बुटवल, १६ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । 

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो । 

'उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके', बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । 

तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् । यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ । 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०७:५४:२९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology