Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एचआइभी संक्रमित बालबालिकाको गाउँपालिकाले संरक्षण गर्छ : अध्यक्ष दान बहादुर गुरुङ

एचआइभी संक्रमित बालबालिकाको गाउँपालिकाले संरक्षण गर्छ : अध्यक्ष दान बहादुर गुरुङ

images

इच्छाकामना न्युज

१५, आषाढ २०७९
एचआइभी संक्रमित बालबालिकाको गाउँपालिकाले संरक्षण गर्छ : अध्यक्ष  दान बहादुर गुरुङ
images

कुरिनटार,१५ असार । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एचआइभी संक्रमित बालबालिकाहरुको गाउँपालिकाले संरक्षण गर्ने बताउनुभएको छ ।

आज एचआइभी लाञ्छना तथा भेदभाव सम्बन्धि जनप्रतिनिधिहरुसंग छलफल तथा अभिमुखीकरण कार्यक्रमको समापन गर्दे अध्यक्ष गुरुङले समाजमा सबै नागरिकको समान बाँच्न पाउने हक अधिकार भएकाले एचाआइभी संक्रमित बालबालिकाहरुको गाउँपालिकाले संरक्षण गर्ने बताउनुभएको हो । उहाँले त्यस्ता बालबालिकाहरु गाउँपालिका भित्र भएमा गोप्यरुपमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै ती बालबालिकाहरुको शिक्षा, पालपोषण लगायत अन्य आवस्यक आवस्यकताहरु गाउँपालिकाले उपलब्ध गराउने बताउनुभयो ।

अध्यक्ष गुरुङले एआइभी संक्रमितहरुलाई अन्य सरह समान व्यवहार गर्न सबैलाई आग्रह गर्नुभयो । यस विषयमा जनप्रतिनिधिहरु चनाखो बन्नुपर्ने उहाँको भनाई छ । एचआइभी संक्रमितहरुको जिवनयापन सहज बनाउनका लागि गाउँपालिकाले सीपयुक्त कार्यक्रम सञ्चालन समेत गर्न सकिने बताउनुभयो ।

कतीपय कुराहरु जनप्रतिनिधिहरुलाई थाहा नहुने भएका कारण सम्बन्धित विषयमा जानकारहरुले जनप्रतिनिधिहरुलाई सल्ला सुझाव दिनुपर्ने पनि बताउनुभयो।

इच्छाकामना स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले एचआइभी एड्स सगैँ खादा बस्दा नसर्ने भएकाले संक्रमितहरुसंग डराउन नपर्ने बताउनुभयो । एचआइभी संक्रमितलाई भेदभाव गर्नु अपराध सरह भएको उहाँको भनाई छ । एचआइभी संक्रमितहरुले नियमित औषधी सेवन गरे अन्य सरह तन्दुरुस्त रहनेर दैनिक काम गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा चितवन संक्रिय महिलाका कोपिला भण्डारीले विशेष गरि एचआइभी संक्रमित महिला र बालबालिकाहरुलाई सामाज बस्न गाह्रो हुने बताउनुभयो । घरमा छोराको कारणले एआइभी संक्रमित भएपनि बुहारीलाई दोस लगाउने प्रचलन रहेको उहाँको भनाई छ । एचआइभी संक्रमितहरुका लागि गाउँपालिकाले बजेट विनियोजन गरि आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाई छ । एचआइभी संक्रमित बालबालिकाहरु शिक्षाबाट बञ्चित हुदै आएको उहाँको भनाई छ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजनामा एचआइभी लाञ्छना तथा भेदभाव सम्बन्धि जनप्रतिनिधिहरुसंग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेका थिए । कार्यक्रममा सेभ द चिल्ड्रेन बागमती प्रदेशका डा. संगिता केसी, स्वास्थ्य निर्देशनालय बागमतीका शम्भुकुमार श्रेष्ठ । सहभागी चितवनका सुनिता खानाल र चितवन सक्रिय महिलाका कोपिला भण्डारी प्रशिक्षक रहनुभएको थियो ।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - २१:०९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology