Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रोपाईँका लागि खेताला पाउन मुस्किल, ट्याक्टरले लिन्छ मिनेटकै ४५ रुपैयाँ 

रोपाईँका लागि खेताला पाउन मुस्किल, ट्याक्टरले लिन्छ मिनेटकै ४५ रुपैयाँ 

images

इच्छाकामना न्युज

१५, आषाढ २०७९
रोपाईँका लागि खेताला पाउन मुस्किल, ट्याक्टरले लिन्छ मिनेटकै ४५ रुपैयाँ 
images

पवित्रा पराजुली, नवलपुर, १५ असार । अर्मपर्मको चलन हराउँदै जाँदा रोपाईँ खर्च बढेको किसानहरूले बताएका छन् । अर्मपर्मको चलन हराउँदै जाँदा धान उत्पादनको लागत पनि बढाएको छ । मकै स्याहार्न र धान रोप्न व्यस्त किसानहरू खेताला नपाउँदा हैरान छन् ।

राँगा र गोरु प्रयोग गरेर खेत जोत्ने चलनसमेत हराउँदा गाउँघरमा बाउसे र रोपार पनि भेटिन छाडेको छ । जसले खेतिपातीलाई असजिलो बनाएको नवलपरासी गैँडाकोटका राधा सुवेदीले बताउनुभयो ।धान बेचेरै वर्षभरिको खर्च धानिने भए पनि महङ्गी बढेसँगै खेती गर्न गाह्रो भएको स्थानीयवासी खिमानन्द सापकोटाको भनाइ छ ।

गाउँघरमा युवा पुस्ताका मानिसहरू नहुँदा खेती लगाउने बेलामा अर्मपर्म कम, ज्याला मजदुरी बढि हुन्छ । एकजना खेतालाले एक घण्टाको एक सय २० रुपैयाँ ज्याला लिन्छन् भने ट्याक्टरले प्रति मिनेट ४५ रुपैयाँ लिन्छ । धान रोप्ने समयमा मल बीउ नपाउने र खेतालाको समस्यासँगै उत्पादन पछि उचित मुल्य नपाइने किसानहरू बताउँछन् ।

गैँडाकोट नगरपालिकाले यस वर्ष धान प्रवद्र्धनका लागि २० लाख रुपैयाँ छुट्याएको छ । जसमा मेसिन खरिद देखी मल बीउसम्मका कुरा समेटिएका छन् । तर सहकार्यका लागि किसान तयार नहुँदा धान रोप्ने मेसिन किन्न नसकिएको गैँडाकोट नगरपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक सुरक्षा पौडेलले बताउनुभयो ।

गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषिमा ६० लाख रुपैयाँ छुट्याएको छ । कृषिलाई व्यवसायिक बनाउन र उत्पादन बढाउन त्यो बजेट अपुग हुने किसानहरू बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:२५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology