Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

१९ औँ राष्ट्रिय धान दिवस

आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रम गरिँदै 

आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रम गरिँदै 

images

इच्छाकामना न्युज

१५, आषाढ २०७९
आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रम गरिँदै 
images

काठमाण्डौ, १५ असार । आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रमगरि मनाइँदैछ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाउन लागिएको धान दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्वसँग धान खेतीको सम्बन्ध रहेको बताउनुभएको छ ।

सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । 

यसैबीच धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:०३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology