Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीको निति : 'एक वडा, एक स्वास्थ्य चौकी' निर्माण

आँबुखैरेनीको निति : 'एक वडा, एक स्वास्थ्य चौकी' निर्माण

images

पत्रपत्रिका

१४, आषाढ २०७९
आँबुखैरेनीको निति : 'एक वडा, एक स्वास्थ्य चौकी' निर्माण
images

आँबुखैरेनी, १४ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा : एक स्वास्थ्यचौकीको निर्माण कार्य सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रममा यो कुरा समेटिएको छ ।  यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने अध्यक्ष शुक्र चुमानले बताए ।

यसैगरी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ। आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको आँबुखैरेनी स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष २०७९/०८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो। 

स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृत सहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको अध्यक्ष चुमानले बताए । अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी र फार्मेसी लगायतका सेवा प्रदान गरिनेछ । हाल स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरलगायतका सेवा प्रवाह भइरहेको छ । 

गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ । 

गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवतीलाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिइने। उनले भने, ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौ ।’ गाउँपालिकाले क्यान्सर बिरामीलाई एक पटकका लागि रु ५० हजार नगद सहयोग गर्ने नीति पारित गरेको छ । गाउँपालिकाले निजी, विभिन्न समूह र संघसंस्थाको सहयोगमा वृहत उपचार तथा कोषको स्थापना गरिने उनले बताए । 

उनले भने, ‘निश्चित कार्यविधि बनाई जटिल रोगको उपचार तथा विपद् तथा जोखिममा परेका पालिका भित्रका व्यवसायी, व्यापारी तथा नागरिकको उद्धार तथा राहत कार्य अगाडि बढाउँछौं।’ सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी विपन्न परिवारमा पोषिलो खानाको व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका वडामा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार गरिने अध्यक्ष चुमानले जानकारी दिए । 

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मोबाइल एप्लिकेशन बनाई तथ्याङ्क राखिने जनाइएको छ । घुम्ती शिविरको माध्यमबाट प्रत्येक महिना एकचोटी गाउँ टोलमा नै गइ आधारभूत स्वास्थ्य जाँचको रिपोर्ट कार्ड बनाइने जनाइएको छ । भञ्ज्याङ दैनिक

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०८:४३:५३ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology