Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

किसानलाई मल उपलब्ध गराउन राप्रपा चितवनको माग

किसानलाई मल उपलब्ध गराउन राप्रपा चितवनको माग

इच्छाकामना न्युज

१३, आषाढ २०७९
किसानलाई मल उपलब्ध गराउन राप्रपा चितवनको माग

चितवन, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले किसानलाई समयमै मल उपलब्ध गराउन माग ‘गरेको छ । आज (सोमबार) कृषि ज्ञानकेन्द्र चितवनलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले १३ बुँदे मागपत्र पेस गरेको हो । नेता कार्यकर्तासहित उपस्थित भएको राप्रपाले वर्तमान सरकार किसानका समस्याप्रति गम्भिर नरहेको आरोप समेत लगाएका छन् ।

images

उनिहरुले मागपत्रमा भनेका छन्, ‘प्राङ्गारिक कृषिमा जोड दिँदै भूमिगत सिंचाईमा शतप्रतिशत अनुदानको व्यवस्था गरियोस् ।’ राप्रपाले रासायनिक मल युरिया, डिएपी, पोटास तुरुन्त उपलब्ध गराउन र बिउ बिजनमा ५० प्रतिशत अनुदान प्रदान गर्न समेत माग गरेको छ । यस्तै कृषि उपजको उचित मूल्य निर्धारण गर्न, कृषक पेन्सनको कार्यान्वयन गर्न र कृषक परिचय पत्र लागू गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो ।

कृषिमा प्रयोग हुने विद्युत महशुलमा शतप्रतिशत छुटको व्यवस्था, भण्डारणको व्यवस्था, सस्तो ब्याजदरमा सर्वसुलभ बैंकिङ व्यवस्था, कृषिमा आधुनिकीकरण एवं औद्योगिकरणको व्यवस्था लगायतको माग राप्रपा चितवनको छ । कार्यक्रममा जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

 
 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:४३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology