Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कसैले राजीनामा माग्दैमा राजीनामा नदिने अर्थमन्त्री शर्माको दाबी 

कसैले राजीनामा माग्दैमा राजीनामा नदिने अर्थमन्त्री शर्माको दाबी 

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
कसैले राजीनामा माग्दैमा राजीनामा नदिने अर्थमन्त्री शर्माको दाबी 
images

काठमाण्डौ, १३ असार । अर्थमन्त्री जनार्दन शर्माले सबैको सुझाबको आधारमा बजेट निर्माण गरेको भन्दै बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको जवाफ दिनुभएको छ ।

राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले करका दर बढाउँदा देश र जनतालाई हित गरे नगरेको हेर्ने, उद्योगलाइ परेको असरबारेमा थाहा पाउनर करको दर घटबढ गर्ने अधिकार अर्थमन्त्रीको रहेको दाबी गर्नुभयो ।सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उहाँको दावी छ । कसैले राजीनामा माग्दैमा आफूले नदिने पनि उहाँले बताउनुभएको छ ।  

बजेट देश र जनताको पक्षमा ल्याएको दाबी गर्दै उहाँले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने नभएको टिप्पणी गर्नुभयो । बजेटमा कृषि क्षेत्रको रुपान्तरण गर्ने विषय समेटिएको उहाँको भनाइ रहेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उहाँले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको जानकारी गराउनुभयो । बजेटले बिजुली गाडीलाई प्रोत्साहन गर्न खोजिएको र डलरको मूल्यवृद्धि र पेट्रोलको मूल्यवृद्धिले मुद्रा सञ्चिति घटेको उहाँको भनाइ थियो । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:२१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology