Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !
images

काठमाडौं, १३ असार । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन ।

तत्कालिन नेकपाको बिबादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समुहलाई केही दिन अघि ‘दास’को संज्ञा दिपछि एमाले नेता भट्टराईले दुई सय बर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामाना दिएका हुन ।

पार्टी कार्यक्रममा काठमान्डौवाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शिर्षकमा दुई जना बिचको सबन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन: 

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी   गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ  ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु - “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा:

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।  

३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ । 

४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । 

५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।  

६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।  

७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।  

८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।  

११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि माक्र्सवादी दृष्टिकोणबाट हेर्ने गद्र्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।  

पुनश्चस् कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु  मेरो मनसाय होईन ।  

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १०:०९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology