Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

स्वास्थ्यमा इच्छाकामनाको निति तथा कार्यक्रम : तत्काल १५ शय्याको अस्पताल सञ्चालन गर्ने 

स्वास्थ्यमा इच्छाकामनाको निति तथा कार्यक्रम : तत्काल १५ शय्याको अस्पताल सञ्चालन गर्ने 

images

इच्छाकामना न्युज

११, आषाढ २०७९
स्वास्थ्यमा इच्छाकामनाको निति तथा कार्यक्रम : तत्काल १५ शय्याको अस्पताल सञ्चालन गर्ने 
images

कुरिनटार, ११ असार । चितवनको इच्छाकामना गाउँपालिकाले तत्काल १५ शय्याको इच्छाकामना अस्पताल संचालन गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष १०७९।८० निति तथा कार्यक्रममा समावेश गर्दै दारेचोक स्वास्थ्य चौकीमा तत्काल १५ शय्याको इच्छाकामना अस्पताल संचालन गर्ने भएको हो।

उपाध्यक्ष माया सिलवाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा गाउँपालिकामा निर्माण सुरु भै अलपत्र रहेको १५ शैय्याको इच्छाकामना अस्पतालको काम जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाई निर्माण कार्यलाई तिव्रता दिने र त्यसभन्दा अघि गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्थास्थ्य चौकीमा तत्कालका लागि अस्थायी रुपमा इच्छाकामना अस्पतालको सेवा संचालन गर्ने कार्यक्रम रहेको छ । 

यस्तै अति विपन्न गरिब परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम, गाउँपालिकाले संचालन गर्दै आईरहेको बालिका बचत खाता कार्यक्रमलाई निरन्तरता, सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई निःुशल्क एम्बुलेन्स सुविधा र प्रत्येक पटकको गर्भवती जाँचमा १ क्रेट अण्डाको व्यवस्था लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।  

स्वास्थ्य
– गाउँपालिकामा निर्माण सुरु गरि अलपत्र भएकोे १५ शैयाको ईच्छाकामना अस्पतालको अधुरो काम सुचारु गर्न जग्गा प्राप्तिको प्रकृया अगाडि बढाई अस्पताल निर्माण कार्यलाई तिब्रता दिईनेछ । 
– गाउँपालिकाका अति विपन्न गरिब परिवारलाई स्वास्थ्य विमा कार्यक्रम लागु गरीनेछ । 
– गाउँपालिकाको स्वास्थ्य संस्थामा जन्म लिने बालिकालाई उपलब्ध गराईएको अनुदान बालिका बचत खाता कार्यक्रम लाई निरन्तरता दिईनेछ । 
– राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटनाका घाईते एवम आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नका लािग विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ट्रमा सेन्टर तथा मुग्लिन हाईवे हस्पिटल र कुरिनटार पोलिक्लिनिकलाई सहकार्यका लागि समन्वय गरिनेछ ।  
– गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सम्पूर्ण स्वास्थ्य उपकरण लगायतका सामाग्रीको पर्याप्त व्यवस्था गरिनेछ ।
– भविष्यमा आउन सक्ने कोभिड–१९ को लहरबाट सुरक्षित हुन गाउँपालिकामा खटिने स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्री (मास्क, पञ्जा, सेनिटाइजर, पिपिई) हरुको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाईनेछ । 
– गाउँपालिकामा रहेको एम्बुलेन्सको सहि सञ्चालन र व्यवस्थापन गर्न आवश्यक कदम चालिनेछ । 
– अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइबाट प्रदान गरिने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारात्मक सेवाको लागि आवश्यक औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । 
– खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई परिचालन गर्न थप प्रोत्साहन गरिनेछ । 
– संक्रामक रोगको नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरिनेछ । 
– “स्वस्थ रहनु सबैभन्दा ठूलो, सबैघरमा आधुनिक चुलो” अभियान शुरु गरिनेछ ।
– सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा ल्याब संचालनमा जोड दिईनेछ । 
– किशोर किशोरीहरुको लागि प्रजनन स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
– स्वास्थ्य र सरसफाई कार्यक्रमलाई प्रोत्साहन गर्न विद्यालय तथा वस्तीहरुको सरसफाई अभियान लागू गरिनेछ 
– “मादक पदार्थ सेवन घटाउ, बजारी पेय पर्दा हटाउ” अभियान सुरुवात गरिनेछ । 
– सार्वजनिक स्थानमा सूर्ति तथा मदिराजन्य पदार्थ सेवनलाई कडाईका साथ निरुत्साहित गरिनेछ ।
– सम्पूर्ण आ.वि. तथा मा.वि हरुमा सेनेटरी प्याड वितरण कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।
– आयुर्वेदिक सेवाको चेतनामूलक कार्यक्रम गरी गाउँपालिकामा रहेको आयुर्वेद चिकित्सालयमा आवश्यक औषधिको लागि समन्वय गरिनेछ । 
– सबै वडामा घरदैलो जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम संचालन दिइनेछ । 
– विभिन्न सर्ने, नसर्ने रोगहरु, एच.आई.भि. एड्स नियन्त्रण, आखा शिविर, महिलाहरुको आंङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परिक्षणलाई  प्राथमिकताका साथ अगाडी वढाइनेछ । 
– शतप्रतिशत स्वास्थ्य संस्था डेलिभरी गाउँपालिका घोषणा गर्न अवश्यक कदम चालिनेछ । 
– सबै स्वास्थ्य संस्थामा आवश्यक दैनिन न्यूनत सामाग्रीको व्यवस्थापन गरिनेछ । 
– नियमित स्वास्थ्य संस्थामा जाँच गराउने गर्भवति महिलालाई प्रत्येक जाँचमा १ क्यारेट अण्डा उपलब्ध गराईनेछ । 
– गर्भवति महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ । 
– जटिल र दिर्घ रोगीलाई उपचार छुटका लागि सम्बन्धि निकायलाई समन्वय गरिनेछ ।  
– नागरिक स्वास्थ्य नियमित जाँचको लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरिनेछ । 
– गाउँपालिकामा रहेको साविकको दारेचोक स्वस्थ्य चौकीमा आवश्यक व्यवस्थापन सहित तत्काल १५ शैयाको ईच्छाकामना अस्पताल संचालन गरिनेछ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - २१:२८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology