Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकामा अब कोही नागरिक एक दिन पनि भोकै बस्नु नपर्ने

इच्छाकामना गाउँपालिकामा अब कोही नागरिक एक दिन पनि भोकै बस्नु नपर्ने

images

इच्छाकामना न्युज

११, आषाढ २०७९
इच्छाकामना गाउँपालिकामा अब कोही नागरिक एक दिन पनि भोकै बस्नु नपर्ने
images

कुरिनटार, ११ असार । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका कुनै पनि नागरिकलाई अब १ दिन पनि भोकै बस्नु नपर्ने व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रममा सहकारी तथा गरिवी निवारण शीर्षकमा यस्तो योजना प्रस्तुत गरेको हो। 

गाउँपालिका उपाध्यक्ष माया सिलवालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा सहकारी तथा गरिवी निवारण अन्तर्गत विपन्न वर्गहरुको पहिचान गरी कृषि, घरेलु उद्यम, हस्तकला लगायतका आय आर्जनको कार्यक्रम संचालन गर्न सहकारी मार्फत विना धितोको ऋण दिने व्यवस्था समेत गर्ने जनाएको छ।

सहकारी तथा गरिवी निवारणः
– गाउँपालिका स्तरीय  सहकारी समन्वय समिति स्थापना गरी सोही मार्फत सहकारी संस्थालाई अझ व्यवहारिक, सरलीकरण तथा प्रभावकारि बनाउँदै संचालन गरिनेछ । 
– गाउँपालिका भित्र संचालनमा रहेका सहकारीहरुको नियमन र अनुगमन नियमित गर्न सहकारी शाखा स्थापना गरिनेछ । 
– सहकारी संस्था संचालनमा आइपर्ने समस्याहरु व्यवस्थापन तथा लेखा सम्बन्धी तालिम संचालन गरिने छ । 
– उत्कृष्ट सहकारीलाई प्रोत्साहनको लागि पुरस्कारको व्यवस्था गरिनेछ । 
– विपन्न वर्गहरुको पहिचान गरी कृषि, घरेलु उद्यम, हस्तकला लगायतका आय आर्जनको कार्यक्रम संचालन गर्न सहकारी मार्फत विना धितोको ऋण दिने व्यवस्था गरिनेछ । 
– गाउँपालिका भित्रका सहकारीहरुको असल अभ्यास आदानप्रदानको लागि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ । 
– सहकारीको माध्यमबाट सीप हस्तान्तरण नीति अवलम्बन गरी विभिन्न क्षमता विकास, सिप विकास तथा आय आर्जन सम्बन्धी तालिम दिइनेछ । 
– हरेक घर परिवारलाई सहकारीमा जोडिन प्रोत्साहन गरिनेछ । 
– गरिवि निवारणका लागि न्यूनतम १०० दिन रोजगारी उपलब्ध नहुने परिवारका लागि प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत रोजगारीको सुनिश्चित गरिनेछ ।
– गरिवी निवारणका लागि नेपाल सरकारले लागू गरेको प्रधानमन्त्रि रोजगार कार्यक्रममा समन्वय गर्न आवश्यक थप बजेटको व्यवस्था गरिनेछ । 
– नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत गाउँपालिका भित्रका विपन्न नागरिकहरुको खरको छानो भएका घरहरुलाई जस्ता पाताले छाना छाउने व्यवस्था मिलाईनेछ । 
– गाउँपालिका भित्रको कुनै पनि नागरिक १ दिन पनि भोकै बस्नु नपर्ने व्यवस्था मिलाईनेछ । 

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - १०:०५:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology