Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाट गाउँपालिकाद्वारा गाउँपालिका भित्रका सहकारी संस्थाका पदाधिकारीहरुको लागि सहकारी शिक्षा तालिम सुरु

देवघाट गाउँपालिकाद्वारा गाउँपालिका भित्रका सहकारी संस्थाका पदाधिकारीहरुको लागि सहकारी शिक्षा तालिम सुरु

आशिक राना

१, पौष २०७७
देवघाट गाउँपालिकाद्वारा गाउँपालिका भित्रका सहकारी संस्थाका पदाधिकारीहरुको लागि सहकारी शिक्षा तालिम सुरु
images

देवघाट, १ पुस । तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका सहकारी संस्थाका पदाधिकारीहरुका लागि दुई दिने सहकारी शिक्षा तालिम आज देखि सुरु भएको छ। आज र भोली २ दिन चल्ने तालिम गाउँपालिकाको बाल सञ्जाल भवनमा सुरु भएको हो।
सो कार्यक्रमको प्रमुख अतिथि देवघाट गाउँपालिका ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाले सहकारी संस्थाहारुले आम जनसमुदायहरुको दीगो बिकासलाई लक्षित गरि कार्यक्रमहरु ल्याएको हुँदा बिश्वसनियता पनि पढ्दै गएको बताउनु भएको थियो। साथै सहकारी संस्थाले समाज बिकासको सिर्जना गर्न सक्ने समेत बताउनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य भने देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले दिनुभएको थियो। तालिममा देवघाट गाउँपालिका भित्रका १५ वटा सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिवहरुको सहभागीता रहेको छ। सहकारी शिक्षा तालिमको प्रशिक्षण भने तनहुँ जिल्ला सहकारी संस्थाका सचिव मदन पण्डितले सहकारीको मुल्य मान्यता, सामाजिक उत्तरदायित्व इमान्दारिता नैतिक मुल्य र सहकारीको परिचय सहित उपस्थित महानुभवहरुलाइ प्रशिक्षण दिनुभएको थियोे।
कार्यक्रममा देवघाट गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्द पौडेल, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा लगाएको उपस्थिति रहेको थियो भने देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमनाथ ढकालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

images
images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - १९:५६:५७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology