Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

एन्फाका नयाँ कार्यसमिति पदाधिकारीले आज शपथ ग्रहण गर्दै

एन्फाका नयाँ कार्यसमिति पदाधिकारीले आज शपथ ग्रहण गर्दै

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
एन्फाका नयाँ कार्यसमिति पदाधिकारीले आज शपथ ग्रहण गर्दै
images

काठमाण्डौ, ८ असार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नव निर्वाचित कार्यसमितिका पदाधिकारीले आज शपथ ग्रहण गर्न लागेका छन् । एन्फाकार्यालयका अनुसार नव निर्वाचित कार्यसमितिपदाधिकारीको शपथ ग्रहण समारोह सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजे हुनेछ ।

सोमवार भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भएपनि पूर्णता पाइसकेको छैन । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ । एन्फाको अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्का विजयी हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा, दीर्घ बहादुर केसी, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ् थापा निर्वाचित भएका छन् । एन्फाको कार्यसमिति बैठकले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology