Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

खुमल १२ र खुमल १४ नामक उन्नत जातको धानको विकास 

खुमल १२ र खुमल १४ नामक उन्नत जातको धानको विकास 

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
खुमल १२ र खुमल १४ नामक उन्नत जातको धानको विकास 
images

काठमाण्डौ, ८ असार । करिब आठ वर्षको अनुसन्धानपछि धानका दुई नयाँ जात विकास भएको छ । नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले खुमल १२ र खुमल १४ नामक उन्नत जातको धान विकास गरेको हो ।

विशेषगरि मध्यपहाडी क्षेत्रका किसानले लगाउँदै आएको खुमल ४ जातको धानमा रोगकीरा लाग्ने, उत्पादन घट्ने समस्या देखिएपछि विकल्पको रुपमा विकास गरेको धानको नयाँ जात राष्ट्रिय बीउविजन समितिले अनुमोदन गरी राजपत्रमा प्रकाशन गरिसकेको छ । अर्को नयाँ खुमल बासमती १६ जातको धानलाई समितिले अनुमोदन गरे पनि राजपत्रमा भने प्रकाशन हुन बाँकी छ ।

नयाँ जातको धानलाई किसानले तत्कालै खेती गर्नसक्ने राष्ट्रिय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले सीआईएनलाई जानकारी दिनुभयो । सरकारले विशेषगरि गण्डकी प्रदेशका जिल्लामा खेती हुँदै आएका धानका ५ रैथाने जात सूचीकृत समेत गरेको छ ।

एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेंले नामका रैथाने जात समुद्री सतहबाट ८ सयदेखि १ हजार मिटरसम्ममा लगाउन मध्यपहाडी क्षेत्रमा सिफारिस गरिएको छ । नेपालमा १ सय २० भन्दा बढी जातको रैथाने तथा उन्नत जातको धान सूचीकत भएका छन् जसमध्ये ५० भन्दा बढी प्रचलनमा छ । 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:१२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology